१२ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले साउन ७ गते  १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले आगामी मंगलबार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार हुनेछ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल साउन ४ गते परिपक्व हुनेछ। ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । यो बिल मंसिर ६ गते परिपक्व हुनेछ।

यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन फागुन ९ गते परिपक्व हुनेछ।

त्यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० भदौ ५ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *