लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले भदौ ५ गतेदेखि इनरुवा शाखा कार्यालय स्थानान्तरण गरेको छ।

साबिकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो। उक्त शाखा सुनसरीको इनरुवा नगरपालिका–१ देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ।

बैंकको स्थानान्तरित इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे।

कार्यक्रममा इनरुवा नगरपालिका–१ का वडाध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाह तथा उपाध्यक्ष गिरिराज अटलको पनि उपस्थिति थियो। यसका साथै बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दीपक खनाललगायत बैैंकका कर्मचारीहरुको पनि उपस्थिति थियो।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन्। बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *