बैंक तथा वित्तीय संस्थामा १ अर्ब ८३ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ८३ करोड २० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २५ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

राष्ट्र बैंकले आगामी मंसिर २ गते देखि लागू हुनेगरी २०८२ मंसिर १ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *