सरकारको निर्णय स्वागतयोग्य : प्रसाई

सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामि मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको हो ।

सरकारको उक्त निर्णयलाई नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाईले स्वागतयोग्य रहेको बताएका छन् । आगामि निर्वाचनमा उम्मेदवारको आंकाक्षीसमेत रहेका नेता प्रसाइले सामाजिक संजाल मार्फत नेकपा एमाले पनि आवधिक निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै सरकारको यो निर्णय सकारात्मक रहेको बताए ।

साथै प्रसाईले संसदीय तथा प्रदेश निर्वाचनको घोषणा लाई राजनीतिक अस्थिरताको अन्त्य र मुलुकको समस्या समाधानको ढोका खोल्ने माध्यमको रुपमा लिनु पर्ने धारणा व्यक्त गरेका छन् । गत असार २२ गते निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न र मंसिर २ गते गर्न सरकारलाई सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *