राष्ट्र बैंकले गर्‍यो २ वटा वाणिज्य बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकले २ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा  नियामकिया निर्देशन पालना नगर्ने २ वाणिज्य बैंकलाईराष्ट्र बैंकले नगद जरिवाना तिराएको हो ।

राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो । यी २ बैंकले अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेकोले जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार  आर्थिक वर्ष ७८/७९ को तेस्रो त्रैमासमा कुना पनि बैंक कारवाहीमा परेका छैनन् । राष्ट्र बैंकले  अनिवार्य मौज्दात कायम नगरेको, वैधानिक तरलता कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा पर्याप्त प्रवाह नगरेको, कर्जा स्रोत परिचालन अनुपात कायम नगरेको, सम्पति सुद्धिकरण समबन्धि ऐनको निर्देशन पालना नभएको पाईए राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने गरेको छ ।

राष्ट्र बैंकले यस अघि २ वटा विकास बैंकलाई नगद जरिवाना गरेको थियो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रयमासम गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा २ विकास बैंकलाई नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई कारवाही गरेको हो । यी २ बैंकले अनिवार्य तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरेकोले राष्ट्र बैंकले कारवाही गरेको हो । राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३ सय ५६ रुपैयाँ ७८ पैसा र अर्को पटक २ हजार १ सय ६३ रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको हो । सिन्धु विकास बैंकलाई भने १७५ रुपैयाँ ४६ पैसा जरिवाना गरिएको हो । आर्थिक वर्ष ७८/७९ मा कर्णाली विकास बैंक तेस्रो पटक कारवाहीमा परको हो । सिन्धु विकास बैंक भने पहिलो पटक कारवाहीमा परेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *