शुक्रबार देशभरका भन्सारमा जाँचपास बन्द हुने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन (जेठ १५ गते शुक्रबार) देशभरका भन्सार कार्यालयहरूमा जाँचपासको कार्य बन्द रहने भएको छ । भन्सार विभागले

भन्सार विभागले सर्कुलर जारी गर्दै मातहतका सबै भन्सार कार्यालयलाई यात्रु जाँचपास बाहेक अन्य मालवस्तुको जाँचपास रोक्न निर्देशन दिएको हो । बजेटमार्फत करका दरमा हेरफेर हुने भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार जेठ १४ गतेसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्र जाँचपास गरिसक्नुपर्नेछ । बिहीबारसम्म दर्ता भएर पनि जाँचपास हुन बाँकी रहेका वस्तुमा भने नयाँ बजेटले निर्धारण गरेको कर दर लागू हुनेछ ।

यस्तै, जेठ १६ गतेबाट जाँचपास पुनः सुरु गर्दा आर्थिक विधेयक २०८३ अनुसार भन्सारको आसिकुडा प्रणाली अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।

यद्यपि, विमानस्थल तथा सीमा नाकामा यात्रु आवतजावत र व्यक्तिगत जाँचपासमा भने कुनै अवरोध नहुने विभागले स्पष्ट पारेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *