हटाइएका सुकुमबासीलाई पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । सरकारले काठमाडौँका विभिन्न ठाउँबाट हटाएका सुकुमवासीहरुलाई विवरण सङ्कलनपछि अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार तत्कालका लागि पाँच स्थानमा राख्न लागिएको जानकारी दिइन् ।

तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।

उनीहरूको व्यवस्थापन र लागत संकलनका लागि दशरथ रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली खटिएको सरकारले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *