नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस र ३।३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ११।२४ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ नाघेको छ । बैंकको ३५औं वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *