भारतीय राष्ट्रपतिको निर्वाचन : द्रौपदी मुर्मू जित नजिक

भारतीय राष्ट्रपति निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार देशको १५ औं राष्ट्रपतिको नतिजा बिहीबार साँझसम्म घोषणा गर्ने तयारी भइरहेको छ ।

मत गणना अधिकारीका अनुसार द्रौपदी मुर्मूले ५४० र यशवंत सिन्हाले २०८ सांसदको भोट पाएका छन् । यस्तै १५ भोट भने रद्ध भएको जनाइएको छ । संसदमा कोठा नम्बर ६३ मा संसदको मतगणना पुरा भएपछि राज्यको गणना सुरु भएको हो । यसपछि जीतको औपचारिक घोषणा हुनेछ ।एनडीएकी उम्मेदवार द्रौपदीको जित

लगभग सुनिश्चित रहेको जनाइएको छ । यसैबीच द्रौपदीको गाउँमा जितको खुसीयाली सुरु भइसकेको छ । भारतीय नवनिर्वाचित राष्ट्रपतिको शपथ जुलाई २५ मा हुने छ । जुलाई २४ मा वर्तमान राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *