सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा संस्थापक शेयर लिलामीमा

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले १९ हजार ८२७ कित्ता शेयर आइतवारदेखि लिलामीमा आएको छ ।  यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा सर्वसाधारणले खरिद गर्न पाउने गरी यो शेयर लिलामीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । आवेदकहरुले कति मूल्य र कति कित्ता खरिद गर्न चाहेको उक्त विवरण समेत समेत निवेदनमा खुुलाउनुपर्ने जानकारी बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *