असार महिनामा १४ अर्ब ३२ लाख लगानीको नयाँ सात उद्योग दर्ता

चालु आर्थिक वर्षको असार महिनामा १४ अर्ब बढि लगानीका सात उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार असार २९ गतेसम्म १४ अर्ब ३२ लाख रुपैयाँ लगानीमा सात नयाँ उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार यस अवधिमा दर्ता भएका साना ठुला र मझौला उद्योगबाट ६७९ जनाले रोजगारी पाउने भएका छन् । दर्ता भएका उद्योगहरुमा चार वटा ठुला र बाँकी साना र मझौला उद्योग रहेका छन् ।

यस अवधिमा दर्ता भएका ठुला उद्योगहरुमा दार्चुलामा ५ अर्ब ९६ करोड ९० लाख ५५ हजार रुपैयाँमा लगानीमा दार्चुला पावर प्रालि, काठमाडौंमा ७३ करोड २५ लाख ४० हजार रुपैयाँ लगानीमा हेली नेपाल प्रालि, पर्सामा ५ अर्ब ५० करोड रुपैयाँ लगानीमा प्राइम स्टिल प्रालि र म्याग्दीमा ९५ करोड १६ लाख ५८ हजार रुपैयाँ लगानीमा चितवन इनर्जि लिमिटेड रहेको छ ।

त्यस्तै, यस अवधिमा दर्ता भएको मझौला उद्योगमा डडेल्धुरामा ५० करोड रुपैयाँ लगानीमा फर वेष्टर्न एग्रो जाइन्ट लिमिटेड रहेको छ । त्यसैगरी, साना उद्योगमा काठमाडौंमा २० करोड रुपैयाँ लगानीमा जय मातादी कोल्ड स्टोर र पर्सामा १५ करोड रुपैयाँ लगनीमा दियालो गेमिङ प्रालि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *