नेरुडे लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा बाेलाएको छ।

संस्थाको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २३.१५७९ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर वितरणपछि संस्थाको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्था गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *