नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको कारोबार ओक्का भएको हो।

२ कम्पनी बीच आज बिहान मर्जर सम्बन्धि सम्झौता भएसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  मर्जर सम्बन्धि समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन्।

बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *