काठमाडौं । चन्द्रागिरी हिल्स केबुलकार नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी छ ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी हिल्समा पनि तोडफोड र आगजनी भएका कारण रिसोर्टसहितका सेवा बन्द हुँदा असर परेको कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीको कुल आम्दानी गत आवको पहिलो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १३ करोड ८७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.८१ रुपैयाँ ऋणात्मक छ । १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.८० रुपैयाँ छ ।







