लामो समययता रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज (बुधबार) निर्वाचन मिति तोकिँदै छ । प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले आज प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।








