नेप्सेमा झिनो अंकको वृद्धि, १४ अर्ब ३२ करोडकाे कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ । नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० को विन्दुमा बन्द भएको छ ।

आज ३५० कम्पनीको शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दरम खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *