झापाको विरिङ पुलमा आइतवार सवारी दुर्घटना हुँदा बसमा सवार यात्रुहरु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. २ ख ५०८१ नम्बर यात्रु वाहक बस दुर्घटना भएको हो ।
दुर्घटनमा बसमा सवार यात्रुहरु घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनाका कारण सडक जाम भएको थियो । दुर्घनाको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बस पुलमा झुन्डिएको अवस्थामा रहेको छ ।
Artha Sanjal






