काठमाडौं । आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने बताएकाे छ । यसर्थ, बैंककाे लाभांश नेप्सेमा आजसम्म कायम सेयरधनीले पाउने छन् ।
बैंकले २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । गत वर्षको नाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेकाे छ । ग्लोबलको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुने जानएकाे छ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव रहेका छन् ।







