वामदेव गौतमको दौडधुप : ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटारमा

 नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमको दौडधुप तीव्र छ । बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी बिहीवार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

उनी अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । गौतमले एमाले अध्यक्ष ओलीलाई पनि बिहीवार बिहान भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए ।

बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *