बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रत्यासीहरूले ‘घरदैलाे’ अभियान सुरू गरेका छन् । यही क्रममा संघकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका मनोज गुप्ता नेतृत्वको प्यानलले ‘घरदैलो’ अभियान सुरू गरेको छ ।
उम्मेदवारहरू मत माग्दै व्यावसायीहरूको घरदैलोमा पुग्न थालेपछि जीतपुरसिमरामा चुनावी रौनक बढेको छ । उम्मेदवारहरू नमुना मतपत्रसहित घोषणापत्र लिएर व्यवसायीहरूको घरदैलोमा पुगिरहेका महासचिवका उम्मेदवार अनिल तिवारीले बताए ।
तीन वर्षे कार्यकालका लागि ११ असार हुने निर्वाचनमा एक हजार तीन सयभन्दा बढी मतदाता सहभागी हुँदैछन् । २५ जेठमा सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाअघि बढेको हो ।




