काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीमा आएको बाढी स्याफ्रुबेसी पुगेको हो।
बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको भन्दै महाशाखाले मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी आसपास नजान अनुरोध गरेको छ।




