नबिल बैंकले दशैं छेको पारेर नयाँ योजना ल्याएको छ । बैंकले दशैं लक्षित योजना भन्दै निक्षेपकर्तालाई ९.२६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट लागू हुने गरी नयाँ दरमा ब्याज उपलब्ध गराउने जनाएको छ । १ बर्षभन्दा माथिको निक्षेप राख्नेले यो ब्याज पाउने छन् ।
बैंकले बचतमा पनि उच्चतम ब्याजदर घोषणा गरेको छ । यसअघि न्यूनतम ३.०१ देखि अधिकतम ५.०१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले असोज १ गतेबाट लागू हुने गरी बढाएको छ । बैंकले बचतमा न्यूनतम ४.२६ र अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने छ ।
बैंकको देशभर रहेको १३५ वटै शाखामा गएर मुद्दति निक्षेप गर्ने वा पुन नवीकरण गर्नेले यो ब्याज पाउने छन् । हाल बैंकको १८५ वटा एटीएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेण्ट रहेका छन् ।
प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार







