बुधबार उच्च अंकको वृद्धि देखिएको शेयरबजारमा आज घटेकाे छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.५८ अंकले घटेर २ हजार ६२. ८६ बिन्दुमा पुगेको हो । आज बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । बजारमा आज एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयरमुल्य घटेको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर २४६.६० रुपैयाँ पुगेको छ ।
आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।







