शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन्। बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको भन्दै उनले अपाङ्गता भएकाहरुलाई रोजगारी, शिक्षक, शिक्षक सेवा आयोगको परीक्षाको कुरा र अनुगमको कुरामा समावेशिताका आधारमा समावेश गर्ने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न सरकार लागिरहेको बताए।
अपाङ्गता भएका व्यक्तिहरुको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने पौडेलको भनाइ छ।







