माछापुच्छ्रे बैंकले कमायो २ अर्ब बढी नाफा, प्रतिशेयर आम्दानी कति पुग्यो ?

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैैंकले  १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *