कुमारी बैंकको सेयर मूल्य एकवर्षकै सस्तो,मर्जमा जाने तयारी

कुमारी बैंकको सेयर मूल्य लगातर घटेर एकवर्षयताकै सस्तो भएको छ । सेयर बजार लगातार रुपमा घटेपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको हो ।
बैंकको मंगलबार अन्तिम करोबार २०१.५० रुपैयाँमा भएको थियो। बैंकको बजार मूल्य पछिल्लो ५२ हप्तामा उच्चतम मूल्य ४१३ रुपैयाँमा कारोबार भएर हालसम्म पनि लगातार घटिरहेको छ।

कुमारी बैंकले पछिल्लो समयमा भने विभिन्न बैंकसँग मर्जरका लागि प्रस्ताव समेत गरेको छ । बैंकले मर्जरका लागि मेगा बैंकसँग छलफल गरेको थियो तर मेगाले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने तयारी थालेपछि कुमारी बैंकले हाल माछापुछ्रे र सनराइज बैंकसँग छलफल गरिरहेको छ। बैंकले स्वाप रेसियो मिल्ने बैंकसँग मर्जरमा जाने सम्झौता असार मसान्तअगाडि नै गर्ने तयारीमा रहेको छ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि विग मर्जरमा जान तयार नभए कडा नीति लिने संकेत गरेको थियो। अब वाणिज्य बैंकहरू मर्जरमा जान बाध्य हुने देखिएको छ।

राष्ट्र बैंकले इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको हो ।

हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड र बजार पुँजीकरण २९ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *