टिकटकर तुल्सा अधिकारी जेल चलान

काठमाडौँ। ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको छ ।
बिहीबार (जेठ २१) जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा पठाउन आदेश दिएको हो ।

व्यवसायी कुमार चिमोरियाको जाहेरीअनुरूपको उक्त मुद्दामा टिकटकर अधिकारीसहित १० प्रतिवादी रहेका छन् ।
प्रहरीले आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) समेतको आरोपमा मुद्दा दायर गरेको हो ।

टिकटकर अधिकारीमाथि २१ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।

एक वर्षदेखि फरार रहेकी अधिकारीलाई शुक्रबार (जेठ १५) इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरिएको थियो ।

अदालतको आदेशानुसार उनलाई प्रशासनबाट जेल चलान गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *