नेप्सेलाई प्रभु बैंकले गर्यो यस्तो आग्रह

प्रभु बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जवाफसहितको स्पष्टिकरण पेश गरेको छ । बैंकले अबदेखि कारोबार समयमा लाभांश सम्बन्धि निर्णय नगर्ने भन्दै नेप्सेलाई स्पष्टिकरण बुझाएको हो ।

बैंकले कार्त्तिक २६ गते नै एक पत्र जारी गर्दै सो बताएको हो । उक्त पत्रमा बैंकले आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै, बैंकले हाल बन्द रहेको कम्पनीको सेयर कारोबार फुकुवा गिरिदिन समेत नेप्सेलाई आग्रह गरेको छ ।

नेप्सेले गत कार्त्तिक २५ गते बैंकको सेयर कारोबार बन्द गरिदिएको थियो । गत मंगलबार कार्त्तिक २३ गते कारोबार समयमा (दिउँसो १ बजेदेखि ३ बजेसम्म) बैठक बसेर लाभांशको निर्णय गरेको भन्दै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *