हरियो प्याज र लसुनको भाउ घट्यो

काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार यी दुवै कृषि उपजको थोक मूल्य प्रतिकिलो ३४ रुपैयाँले घटेको हो।

शनिबार कालीमाटी बजारमा हरियो प्याज र हरियो लसुन प्रतिकिलो २०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने दुवैको मूल्य घटेर प्रतिकिलो १६६ रुपैयाँ कायम भएको समितिले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *