शेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ५ करोडकाे माथि कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ को विन्दुमा कायम भएको छ ।

आज ३३५ कम्पनीको ८७ करोड ४४ लाख २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्वेत गंगा हाइड्रोको १६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ५. ८७ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *