तिहारपछि सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौँ । तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। तिहार बिदा अघिको अन्तिम कारोबार दिन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ। कात्तिक २० गते, शुक्रबार तोलाको ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *