एनपीएलमा आज दुई खेल, दुई टोली गर या मरको अवस्थामा

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आज विहीबार दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरु हुने खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्नेछन् ।

पाँच खेल खेल्दा एक मात्र जित हात पारेर तालिकाको पुछारमा रहेको पोखरा प्लेअफमा पुग्ने सम्भावना छैन । तर विराटनगरका लागि आज जित अनिवार्य छ । विराटनगर पाँचमध्ये दुई खेलमा जित निकाल्दै चार अंकसहित तालिकाको छैटौं स्थानमा छ।

आज र आज बाहेक खेल्न बाँकी खेल जिते र अन्य टोलीको नतिजा पनि आफु अनुकुल आएमा विराटनगर प्लेअफमा पुग्न सक्छ ।

तर, आज पराजित भए विराटनगरको प्लेअफको सपना आजै तुहिन सक्छ ।

यस्तै, दोस्रो खेलमा प्लेअफको दाबीमा रहेका दुई टोली कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै छन्। खेल साँझ ५ बजे शुरु हुनेछ ।

लुम्बिनीले अहिलेसम्म खेलेका पाँचमध्ये तीन खेल जितेको छ भने एक खेल नभएपछि अंक बाँडेको छ । जसका कारण लुम्बिनी सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

यस्तै, कर्णालीले पाँचमध्ये दुई खेल जित्दै चार अंकसहित सातौं स्थानमा छ।

कर्णालीलाई पनि आज को खेल जित्न सके प्लेअफको सम्भावना कायमै रहनेछ भने लुम्बिनी पनि आज कर्णालीलाई हराउँदै प्लेअफको सम्भावना लगभग निश्चित गर्न चाहन्छ । त्यसैले यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आज पराजित भए कर्णालीको प्लेअफ यात्रामा पूर्णविराम लाग्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *