काठमाडौं । नेपालमा जुवा खेल्ने तथा खेलाउने कार्य कानुनले प्रतिबन्ध गरे पनि तासको आयात भने ठूलो परिमाणमा हुने गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै ११ करोड ६८ लाख रुपैयाँभन्दा बढीको तास नेपाल भित्रिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको हो। उक्त अवधिमा ३४ लाख २२ हजार ६६१ बट्टा तास आयात भएको विभागको तथ्यांक छ।
तास आयातबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ। यो आयातको कुल मूल्यको करिब ६० प्रतिशत हो।
तिहारमा परिवार तथा आफन्तबीच मनोरञ्जनका रूपमा तास खेल्ने चलन रहेकाले यस समयमा यसको माग र प्रयोग बढ्ने गरेको छ। विशेषगरी तिहारमा रमाइलोका लागि कौडा र तास खेल्ने परम्पराका कारण यसको खपत बढ्ने गरेको देखिन्छ।
यद्यपि, नेपालमा जुवा खेल्ने तथा खेलाउने कार्य कानुनले प्रतिबन्ध गरेको छ। मनोरञ्जनका लागि तास खेल्ने चलन र व्यावसायिक रूपमा जुवा सञ्चालन गर्ने कार्यलाई भने गैर कानुनी मानिएको छ।




