नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँ र चाँदी तोलामा ११० रुपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।




