सूर्यज्योति लाइफको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५४ अर्ब २३ करोड पुग्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९४ प्रतिशतले घटेको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफामा गिरावट आए पनि कम्पनीको बीमाशुल्क आर्जन तथा जीवन बीमा कोषमा भने उल्लेख्य वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ रहेको थियो । यससँगै कुल बीमाशुल्क आर्जन २०.९२ प्रतिशतले बढेको छ ।

५ अर्ब १ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ५० करोड २९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड ८० लाख रुपैयाँ रहेको छ।

त्यस्तै, अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४९ करोड २६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ७८ लाख रुपैयाँ थियो।

चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २३.७३ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु वर्षको असोजसम्ममा ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २१.२८ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ २२ पैसा कायम भएको छ। पीई रेसियो ५१.८४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *