एनआईसी एसिया बैंकलाई ७ अर्ब ४५ करोडको हकप्रद सेयर निष्काशन गर्न सेबोनको अनुमति

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ।

धितोपत्र बोर्डले बैंकलाई मंगलबार (कात्तिक १७ गते) हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो। स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ।

यसअनुसार बैंकका हाल एक कित्ता सेयर बराबर सेयरधनीले थप ०.५० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।

स्वीकृति पाएसँगै बैंकले अंकित मूल्य रु. १०० दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यस हकप्रद निष्काशनको कुल रकम रु. ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० बराबर रहनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *