नबिल बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण गरिरहेको छ।

बैंकको असोज २२ गते सम्पन्न ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

उक्त नगद लाभांश बैंकले असोज २२ गतेका दिनदेखि नै शेयरधनीहरूलाई वितरण गर्ने कार्य भइरहेको जनाएको हो ।

यद्यपि कतिपय शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने क्रममा शेयरहरू अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खाता सम्बन्धी लगायतका विवरण मेल नखाएको, शेयर धितोमा रहेको वा अन्य विविध कारणहरूले शेयरधनीहरूलाई नगद लाभांश वितरण हुन नसकेको र भुक्तानी गर्न नसकिएको समेत बैंकले जानकारी गराउँदै शेयरधनी महानुभावहरूले यस सम्बन्धमा आवश्यक कार्य सम्पन्न गरी बैकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध छ ।

साथै, नगद लाभांश भुक्तानी प्राप्त गर्ने सम्बन्धमा सहज रुपमा थप जानकारी तथा सहयोग प्राप्त गर्नको लागि बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *