मुक्तिनाथ कृषि कम्पनीको करिब ६१ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ६० लाख ९३ हजार ३६० कित्ता शेयरको लकइन अवधि आगामी मंसिर १८ गते समाप्त हुने भएको छ।

कम्पनीले सूचना जारी गर्दै संस्थापक तथा कर्मचारीको उक्त शेयरको लकइन अवधि मंसिर १८ गतेदेखि समाप्त हुने जानकारी गराएको हो।

लकइन अवधि समाप्त हुन लागेका शेयरमध्ये संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीको ४५ हजार ३६० कित्ता रहेको छ।

प्रचलित व्यवस्थाअनुसार कम्पनीका संस्थापक तथा कर्मचारीले प्राप्त गरेको शेयर आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित शेयरधनीले प्रचलित नियम तथा कानुनी व्यवस्थाको अधीनमा रही उक्त शेयर कारोबार गर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *