सुपर मादी हाइड्रोपावरको ३४ लाख ७२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो।

बोनस शेयर सूचीकृत भएसँगै उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा हुने प्रक्रियापछि कारोबारका लागि उपलब्ध हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *