काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
क्रिकेट पारखी तथा आफ्ना ग्राहकलाई लक्षित गर्दै टेलिकमले सार्वजनिक गरेको उक्त प्याकेज प्रिपेड र पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताले खरिद गर्न सक्नेछन्।
टेलिकमका अनुसार ५९९ रुपैयाँ पर्ने यस प्याकेजको अवधि ३० दिनको हुनेछ। प्याकेजअन्तर्गत ग्राहकले दैनिक ८ जीबी डेटा र जुनसुकै नेटवर्कमा ३३३ मिनेट भ्वाइस कल गर्न पाउनेछन्।
यो प्याकेज आज (कात्तिक १० गते) देखि आगामी मंसिर ५ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट 14159# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यो प्याकेज सहजै खरिद गर्न सक्नेछन् ।
साथै, पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा भने यस प्याकेजको शुल्क उनीहरुको मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था मिलाइएको छ ।
एनपीएल सिजन-३ को ‘अफिसियल टेलिकम पार्टनर’ समेत रहेको छ ।





