नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।





