दशैंका लागि नबिल बैंकले बाँड्दैछ नयाँ नोट, कुन–कुन शाखाबाट पाइन्छ ?

काठमाडौं । नबिल बैंकले दशैंलाई लक्षित गर्दै सर्वसाधारणका लागि साना दरका नयाँ तथा सुकिला नोट सटही गर्ने भएको छ। बैंकले असोज २७ देखि २९ गतेसम्म काठमाडौं उपत्यकाका पाँच शाखामार्फत नोट सटही तथा वितरण गर्ने व्यवस्था मिलाएको हो।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नयाँ तथा सुकिला नोट वितरण गर्ने व्यवस्थाअन्तर्गत सटही सुविधा उपलब्ध गराउन लागिएको हो। सर्वसाधारणले तोकिएका तीन दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नोट सटही गर्न सक्नेछन्।

नबिल बैंकले काठमाडौं जिल्लाका कान्तिपथ, बल्खु र वनस्थली शाखाबाट नोट सटही सुविधा उपलब्ध गराउनेछ। त्यस्तै, ललितपुरको च्यासल शाखा र भक्तपुरको दुवाकोट शाखाबाट पनि नोट वितरण गरिने बैंकले जनाएको छ।

बैंकले काठमाडौं उपत्यकाका यी पाँच शाखाबाट मात्रै साना दरका नयाँ तथा सुकिला नोट वितरण गर्ने भएकाले सर्वसाधारणलाई तोकिएको स्थान र समयमा पुगेर सेवा लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *