निर्माण क्षेत्रमा बैंकहरूको कर्जा लगानी १७.२० प्रतिशतले बढ्यो, कसको कति ? (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले नि र्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा २ खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। यससँगै निर्माण क्षेत्रमा बैंकहरूको कर्जा लगानी १७.२० प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा २० मध्ये १८ बैंकको कर्जा लगानी बढेको छ भने एनआईसी एसिया र कुमारी बैंकको घटेको छ।

कर्जा लगानीका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले निर्माण क्षेत्रमा २८ अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकले २६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी र सिटिजन्स बैंकले २१ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।

वृद्धिदरका आधारमा भने कृषि विकास बैंक अगाडि छ। बैंकको निर्माण क्षेत्रतर्फको कर्जा लगानी अघिल्लो वर्षको तुलनामा ६३.२८ प्रतिशतले बढेको छ।

यता, निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। बैंकले भदौसम्म १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४७ प्रतिशतले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *