सुनचाँदीको मूल्य घट्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा २२० रुपैयाँले घटेको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *