घेराबन्दी सकिएको छैन, बलियाले बलजफ्ती गर्छ भने प्रतिवाद गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन् । उनले ठूला र बलियाहरूले कमजोरमाथि बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले अगाडिका चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए ।

उनले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको दाबी गर्दै तिनको पुनःप्राप्ति अनिवार्य रहेको बताए। बलजफ्ती र दमन भए त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिने उनको भनाइ थियो।

‘लोकतन्त्र मासिएको छ। स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ। यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो,’ ओलीले भने, ‘हामी यसको पुनःप्राप्तिका लागि बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ।’

साथै, उनले निहत्था जनतालाई हतियार र संगठित बलमा दबाइयो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने बताए ।

‘सबै सत्यको बाटो, न्याय र मानवताको बाटो सबै सुरक्षित, सबै सुखी र सबै सम्पन्न होऔं । त्यसका निम्ति समाजमा शान्ति चाहियो । हामी फेरि त्यही मात्रै जपिरहन्छौं भन्ने होइन । यदि शान्तिका लागि आन्दोलन गर्नुपर्‍यो, निहत्था जनतालाई हतियार र संगठित बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुन्छ । हामी त्यसलाई आन्दोलन भन्छौं,’ उनले भने, ण्àआगो लाउनु, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नुमात्रै आन्दोलन हो ।’

अब आउन लागेको निर्वाचनमा पनि आफूहरूविरुद्ध घेराबन्दी हुने उनले बताए ।

‘यस निर्वाचनमा हामी विरुद्धको घेराबन्दी सकिएको छैन । घेराबन्दी चालु छ । ७७ सालमा हाम्रा विरुद्ध सानो घेराबन्दी होइन । ०७९ सालमा सानो घेराबन्दी होइन । ०७७ सालमा हाम्रो पार्टी नै कब्जा गरेर घेराबन्दी गरियो,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *