सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्‌बाट सिफारिस चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनुवाइसम्बन्धी कार्यविधिबमोजिम १० दिनको सूचना जारी गरिनेछ। यसका लागि आगामी कात्तिक ९ गते सार्वजनिक माध्यमबाट सूचना प्रकाशन गर्न समिति सचिवालयलाई निर्देशन दिइएको उनले जानकारी दिए।

केही दिनअघि बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *