काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार बाढी र पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको हो । उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ ।
त्यस्तै, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाईमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको नेपाली सेनाले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाको टोली परिचालन गरिएको हो।




