मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *