नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।




