लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा

काठमाडौँ । लुम्बिनी विकास बैंकको १ लाख ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ता तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन्।

बैंकले शेयर खरिदका लागि १५ दिनको समय दिएको छ। तोकिएको अवधिभित्र इच्छुक योग्य लगानीकर्ताले काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिनको समय दिएर बिक्रीमा राखेको थियो। तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट खरिदका लागि पर्याप्त आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *